२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता, सहमति हुँदा अनसन स्थगित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीबिच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवालेले डा. केसीले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका हुन्।

डा. केसीले प्रधानमन्त्र देउवाले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि अनसन स्थगन गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए। मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले छलफल गर्न केसीलाई बालुवाटार बोलाएका थिए।

यस्ता छन् प्रतिवद्धता

१.सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने। स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।

२.बिपी कोइराला स्वा. वि. प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने।

३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ  प्रक्रिया अघि बढाउने।

४. प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने। चिकित्सा शिक्षा ऐनमा संशोधन लगायत बाँकी मागहरू तथा यस अगाडि नेपाल सरकारले के हामीसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने।