२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलतलाई गलत भन्न सक्नुपर्छ, देउवाले अध्यादेश फिर्ता लिनुपर्छ : बाबुराम भट्टराई



अ+ अ-

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश  फिर्ता लिनुपर्ने बताएका छन् । डा. भट्टराइले देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको बताएका हुन् । 

‘देउवाजीले अध्यादेश फिर्ता गर्नुपर्छ । गलतलाई गलत भन्न सक्नुपर्छ,’ डा. भट्टराईले भने, ‘जुनसुकै व्यक्तिले ल्याए पनि पार्टी विभाजन अध्यादेश हिजो पनि गलत थियो, आज पनि गलत नै हो ।’

देशमा अध्यादेशबाट राज चलाउन खोज्नु आफैंमा गलत भएको भट्टराईको भनाइ थियो । ‘ओली, देउवा र मैले नै यो काम गरे पनि गलत हो । लोकतन्त्र बचाउन लडेका हौं, यसैको उपहास हुन दिन्नौं,’ डा. भट्टराईले भने, ‘कसैलाई क्षणिक फाइदा पनि पुग्दा तर दीर्घकालीन रुपमा घातक नै हुने छ ।’

प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशले गठबन्धन कायमै रहने भए पनि आफ्नो विरोध रहने भट्टराईले बताए ।