६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिर पद ‘प्रदेश प्रमुख’



अ+ अ-

काठमाडौं । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशंकर मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी छन्। मिश्र प्रदेश २ को चौथो प्रमुख बनेका छन्। संघीयताको आधारभूमि प्रदेश २ मा सत्ता समिकरण फेरबदलसँगै प्रदेश प्रमुख फेरिनु नौलो घटना भने होइन।  

गत फागुन ७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले राजेश झा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो  ओलीको सत्ता फेरिएर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेसँगै झालाई हटाएर नेपाली कांग्रेसका पुराना नेता हिरशंकर मिश्रलाई नियुक्त गरेको छ।

२०७६ कात्तिक १७ गते तत्कालिन प्रदेश प्रमुख रत्नेशवरलाल कायस्थलाई हटाएर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले तिलक परियारलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नेकपाको विवाद उत्कर्षमा पुगेका बेला ओली सरकारले परियारलाई पदमुक्त गर्दै झालाई नियुक्त गरेको थियो। परियार माओवादी केन्द्रका नेता हुन्।

देश प्रादेशिक अभ्यासमा गएसँगै २०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले कायस्थलाई प्रदेश २ को पहिलो प्रमुख नियुक्त गरेको थियो। कायस्थ जनता समाजवादी पार्टी निकट हुन्।  

अघिल्ला दुई प्रदेश प्रमुख कायस्थ र परियारले प्रदेश सभाबाट पास हुने हरेकखाले विधेयक प्रमाणिकरण गरिदिएपनि प्रदेश प्रमुख झाले भने आफ्नो ६ महिने कार्यकालमा २ वटा विधेयक प्रमाणिकरण नगरी सुझावसहित फिर्ता पठाइदिए। स्वास्थ्य सेवा सम्बन्धी विधेयक र प्रदेश पदकसम्बन्धी बनेको विधेयक झाले फिर्ता पठाएका थिए। त्यसपछि प्रदेश सरकारसँग उनको दूरी बढेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।