३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिर पद ‘प्रदेश प्रमुख’



अ+ अ-

काठमाडौं । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशंकर मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी छन्। मिश्र प्रदेश २ को चौथो प्रमुख बनेका छन्। संघीयताको आधारभूमि प्रदेश २ मा सत्ता समिकरण फेरबदलसँगै प्रदेश प्रमुख फेरिनु नौलो घटना भने होइन।  

गत फागुन ७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले राजेश झा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो  ओलीको सत्ता फेरिएर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेसँगै झालाई हटाएर नेपाली कांग्रेसका पुराना नेता हिरशंकर मिश्रलाई नियुक्त गरेको छ।

२०७६ कात्तिक १७ गते तत्कालिन प्रदेश प्रमुख रत्नेशवरलाल कायस्थलाई हटाएर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले तिलक परियारलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। नेकपाको विवाद उत्कर्षमा पुगेका बेला ओली सरकारले परियारलाई पदमुक्त गर्दै झालाई नियुक्त गरेको थियो। परियार माओवादी केन्द्रका नेता हुन्।

देश प्रादेशिक अभ्यासमा गएसँगै २०७४ माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले कायस्थलाई प्रदेश २ को पहिलो प्रमुख नियुक्त गरेको थियो। कायस्थ जनता समाजवादी पार्टी निकट हुन्।  

अघिल्ला दुई प्रदेश प्रमुख कायस्थ र परियारले प्रदेश सभाबाट पास हुने हरेकखाले विधेयक प्रमाणिकरण गरिदिएपनि प्रदेश प्रमुख झाले भने आफ्नो ६ महिने कार्यकालमा २ वटा विधेयक प्रमाणिकरण नगरी सुझावसहित फिर्ता पठाइदिए। स्वास्थ्य सेवा सम्बन्धी विधेयक र प्रदेश पदकसम्बन्धी बनेको विधेयक झाले फिर्ता पठाएका थिए। त्यसपछि प्रदेश सरकारसँग उनको दूरी बढेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।