२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी आन्दोलनको एक वर्ष: युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो: नेपाल १० स्वर्णसहित अग्रस्थानमा



अ+ अ-

पोखरा । पोखरामा जारी ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनशिप २०२२’ जी–२ ¥याङ्किङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनशिप–२०२२’ मा नेपाल सर्वाधिक पदकसहित अग्रस्थानमा रहेको छ ।

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ६ देखि ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहल र ब्याडमिन्टन हलमा जारी प्रतियोगिताको आज साँझसम्मको नतिजामा विभिन्न इभेन्टअन्तर्गत २१ वटा समूहको प्रतिस्पर्धामा नेपाल १० वटा स्वर्ण पदक हात पार्दै अग्रस्थानमा रहेको हो ।

यसैगरी छिमेकी मुलुकले भारत सात स्वर्ण पदकसहित नेपाललाई पछ्याइरहेको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिनुभयो । नेपालसहित विभिन्न १३ देश सहभागी भएको प्रतियोगितामा मलेसियाले दुई स्वर्ण जित्दा बङ्गलादेश र पाकिस्तानले एक÷एक स्वर्ण पदक जितेको आयोजकले जनाएको छ ।

नेपालका तर्फबाट स्वर्ण पदक जित्न सफल खेलाडीहरुमा १४ देखि १८ वर्ष उमेर समूहतर्फ आयुष गुरुङ, १८ देखि ३० वर्ष पुरुषतर्फको खेलमा जीत, प्रेम र अन्जनको समूहले स्वर्ण पदक हात पार्दा १४ देखि १८ वर्ष उमेर समूहमा अर्पणा चौधरीले स्वर्ण पदक दिलाउनुभयो ।

यसैगरी नौदेखि १२ वर्ष उमेर समूहमा प्रतीक्षा राना, १४ देखि १८ वर्ष टोली पुरुषतर्फको खेलमा ओम भण्डारी, उपासक घिमिरे र आयुष सुवाल, नौदेखि १२ वर्ष उमेर समूहमा महिलातर्फको खेलमा जेसिका लामा, रासिया श्रेष्ठ र कुसुम तामाङले स्वर्ण पदक हात पार्नुभयो ।

यसैगरी १२ देखि १४ वर्ष उमेर समूहमा ट्रिजन चौधरी र सोही इभेन्टको महिलातर्फको टिम इभेन्टमा अन्जिला मोक्तान, सयिना रिजाल र निकिता रावतले स्वर्ण पदक हात पार्न सफल हुनुभयो ।

व्यक्तिगत तथा टोलीमा विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, राखेप सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङ, भूतपूर्वखेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीलगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा जी–२ ¥याङ्किङ तथा ब्याडमिन्टनको हलमा पुम्सेका खेलहरु भइरहेका छन् । प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, श्रीलङ्का, अमेरिका, बङ्गलादेशलगायतका १३ देशका एक हजार चार सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।रासस