६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

९० प्रतिशत जनसंख्या केन्द्रीय ग्रिडको पहुँचमा



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडको पहुँच ९० प्रतिशतमा पुगेको छ । विद्युत् प्राधिकरणको ३६ औं वार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको जानकारी अनुसार समग्रमा हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँच पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा वृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको प्राधिकरणले जनाएको छ । सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहकसहित विद्युत् उपभोग गर्ने कुल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ । प्राधिकरणले कोरोना महामारीका बाबजुद आर्थिक वर्ष २०७७/७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूतरूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पुर्याइएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणका जलविद्युत् गृहबाट कुल २ अर्व ८१ करोड युनिट विद्युत् उत्पादन र यो २०७६/७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी रहेको प्राधिकरणले जनाएको छ । आव२०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहहरूबाट २ अर्व ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत बर्ष ८.३६ प्रतिशतले बढ्न गई ३ अर्व २४ करोड युनिट पुगेको छ ।

२०७६/७७ मा भारतबाट १ अर्व ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आ।व।मा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्व ८२ करोड युनिट विद्युत् आयात गरिएको पनि प्राधिकरणले जनाएको छ ।

कुल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युत् गृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ । २०७७/७८ मा कुल विद्युत् खपत ७ अर्व ३१ करोड युनिट रहेको छ । जुन आर्थिक वर्ष २०७६/७७ को ६ अर्व ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, ०७६/७७ को तुलनामा १.९१ प्रतिशतले बढेर २०७७/७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

२०७७/७८ मा विद्युत् बिक्रीबाट कुल ७१ अर्व २८ करोड आम्दानी भएको र २०७६/७७ को ७६ अर्व ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून रहेको प्राधिकरणले जनाएको छ । २०७७/७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ६१ अर्व ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले वृद्घि भई ६८ अर्व ४५ करोड पुगेको पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विद्युत् खरिद बापत मात्र गत वर्ष मा रु ४१ अर्व ४६ करोड खर्च भएको र जुन अघिल्लो बर्षको तुलनामा १८.०५ प्रतिशतले बढी रहेको प्राधिकरणले जनाएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।