३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन



अ+ अ-

काठमाडौं । रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।

वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ । 

विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए । “परेका सबै आवेदनलाई रुजु गरेर स्वीकृत भएकालाई लिखित परीक्षाका लागि योग्य मानिनेछ,” निर्देशक भट्टराईले भने, “मापदण्डअनुसार नपरेका आवेदन अस्वीकृत हुनेछन् ।” विभागले भदौ १५ देखि २२ गतेसम्म स्वीकृत भएका आवेदनका लागि परीक्षा तय हुने जनाएको छ । सबै आवेदनलाई म्यानुयल रूपमा हेर्नुपर्ने भएकाले लिखित परीक्षाको मिति भने तय गरिएको छैन ।

विभागको इजरायल फोकल व्यक्ति निर्देशक डम्बर सुनुवारले कोभिड संक्रमणको अवस्थामा परीक्षा कसरी गर्ने भन्नेबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि) लाई पत्राचार गरेर सुझाव माग गरिएको बताए । इजरायलका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० अंकभन्दा बढी ल्याउने पास हुने भए पनि म्यारिटबेसमा छनोटमा परेकालाई अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ ।

आकर्षक श्रम गन्तव्य इजरायलमा नेपाली युवाले सरकारी तवरबाट सहायक कामदारका रूपमा केयर गिभरमा रोजगारी पाउने भएपछि धेरै युवाको आवेदन पर्ने अपेक्षा गरिए पनि कडा छनोट मापदण्डका कारण विद्यालय तह शैक्षिक योग्यता पूरा नभएका युवाले आवेदन दिन नपाएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।