२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ सचिव कृष्णहरी पुस्करलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण



अ+ अ-

काठमाडौँ । निर्वाचन मिति तोकिएपछि पनि संसद्बाट आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै निर्वाचन आयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायमा के कति रकम कुन कुन योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिएको छ ।”

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्माले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनको मिति तोकिसकेपछि निर्वाचन कार्यक्रम कार्यान्वयन भइरहेको अवस्थामा व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रमसमेत तयार गरी अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत निश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको े उल्लेख छ ।

“स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगको ठहर छ”, विज्ञप्तिमा भनिएको छ ।