२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको सहमतिमै अध्यादेश ल्याइएको हो : कानुनमन्त्री कार्की



अ+ अ-

काठमाडौं । सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले राजनीतिक दल सम्बन्धी अध्यादेश गठबन्धनको सहमतिमा ल्याएको बताएका छन् । 

उनले भने, ‘गठबन्धनको सहमतिमा अध्यादेश अगाडि बढाइएको हो । यसमा सबैको समर्थन छ ।’ पूर्ण कार्यकाल संसद सञ्चालनको उद्देश्यका साथ अध्यादेश आएको उनको भनाइ छ ।

मंगलबारको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

उक्त अध्यादेश गठबन्धनको सहमतिमा अगाडि बढाइएको कानुनमन्त्री कार्कीले जानकारी दिए । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले यस विषयमा पार्टीभित्र पनि सबै पक्षको समर्थन लिएका थिए । 

मंगलबार विहान वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए । अध्यादेश ल्याउने विषयमा सबै नेताको समर्थन रहेको कार्कीको भनाइ छ ।