२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो ।

सो संस्थाले काठमाडौँ महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच निःशुल्क गरेको हो । जापान क्षयरोग निवारण संस्थाका कार्यक्रम समन्वयकर्ता डिएन शर्माले काठमाडौँ महानगरपालिकाको धेरै जनसंख्या भएको वडालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

समाजमा लुकेर रहेका क्षयरोग विरामीलाई स्वास्थ्य उपचार गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले आगामी दिनमा काठमाडौँ महानगरपालिका भित्रका सबै वडामा क्षयरोग जाँच निःशुल्क गर्ने जनाएको छ ।

कार्यक्रम समन्वयकर्ता शर्माका अनुसार क्षयरोग लागेका व्यक्तिलाई रोग पत्ता लगाएर उपचार गरी क्षयरोग मुक्त समाज निर्माण गर्नु संस्थाको मुख्य उदेश्य हो । यस्तै, जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले नेपालभरका ११ वटा जिल्लामा क्षयरोगको क्षेत्रमा काम गर्दै आएको छ ।

सो संस्थाले बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, चितवन र मकवानपुरका साथै गण्डकी प्रदेशको कास्की, तनहुँ, स्याङ्जा र नवलपुरमा काम गर्दै आएको छ ।