२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनहु अनार खादा हुन्छ यस्तो फाइदा



अ+ अ-

काठमाडौं । अनार खान मीठो हुन्छ र स्वास्थ्यलाई पनि यसले खुबै फाइदा गर्छ । दिनदिनै अनार दानाहरू खानुभएमा स्वास्थ्यसम्बन्धी समस्याहरू भाग्छन् ।

पाचन क्रिया : अनारमा फाइबर भरपूर हुन्छ । यसले पाचन क्रिया ठीक पार्छ र पेटसम्बन्धी समस्या हटाउँछ ।

क्यान्सर : अनारमा भएका गुणले स्तन, प्रोस्टेट र फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।

कोलेस्ट्रोल : अनारमा भिटामिन सी र एन्टीअक्सिडेन्ट तत्त्व विद्यमान हुन्छन् । यिनले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछन् र कोलेस्ट्रोल स्तरलाई नियन्त्रित गर्छन् ।

रक्तचाप : दिनदिनै अनार खाँदा उच्च रक्तचाप हुन पाउँदैन र रगतको कमी पनि पूरा हुन्छ । तर मधुमेह रोगी हुनुहुन्छ भने अनार नखानुस् ।

हृदयघात : अनार खाँदा शरीरमा रक्तप्रवाह सही तरिकाले हुन्छ । यसो भएमा हृदयघातको खतरा टर्छ ।

तनाव : मूड खराब हुँदा अनारको सेवनले फाइदा गर्छ । तनाव छ भने अनार खानुस् ।

दिमाग : अनार खाँदा दिमाग तीखो हुन्छ र अल्झाइमर्स जस्तो रोगको जोखिम टर्छ ।