• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

संरक्षकबाटै जानीबुझी संविधान मिच्ने काम भयो– प्रचण्ड (भिडियोसहित)



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको बताउनुभएको छ ।

पार्टी निकट किसान महासंघको भेलामा उहाँले संविधान मिच्ने काम हजारौँको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरण गर्ने षड्यन्त्र भएको बताउनुभयो ।

उहाँले संविधान उल्ट्याउने पटकपटक जमर्को भइरहेको उल्लेख गर्दै अब यस्ता क्रियाकलापलाई किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर परास्त गर्न सकिने बताउनुभयो ।

अहिले परिवर्तन पक्षधर र विरोधीबची पेचिलो संघर्ष चलिरहेको भन्दै अध्यक्ष प्रचण्डले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गर्नुभयो ।

“कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमनको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौँ भने कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ”, उहाँले भन्नुभयो ।