५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुसाइड नोट’ लेखेर बेपत्ता भईन गायिका जेरुसा राई



अ+ अ-

काठमाडौं । गायिका जेरुसा राई सुसाइड नोट लेखेर बेपत्ता भएकी छन् ।

बिहीबार साँझ देखि सम्पर्कविहीन भएपछि परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् ।

उनि आमासँग सानेपामा बस्दै आएकी थिइन् । सानेपास्थित उनको कोठामा ‘सुसाइड नोट’ फेला परेको प्रहरीले जनाएको छ ।

हालसम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

लामो समय बेलायत बसेर नेपाल फर्किएकी उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझमा निकै चलेको थियो । उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित रहेका छन् ।