२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश ल्याउनु हिजो पनि गलत थियो आज पनि गलत : गगन थापा



file photo
अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनु सधैं गलत भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले  ओलीले अध्यादेश ल्याउँदा गलत भन्ने र त्यसविरूद्ध उभिने कसैलाई पनि अहिले अध्यादेशको समर्थन गर्ने हक नभएको बताएका हुन् । 

थापाले भने  ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउन गलत। हिजो पनि गलत, आज गलत र सधैं गलत, जसले गरे पनि गलत ।’  

मंगलबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको थियो।

उक्त अध्यादेशलाई लिए सत्तारूढ दल कांग्रेस, सत्तारूढ गठबन्धनकै नेताहरू र नेकपा एमालेले विरोध गरिरहेका छन्। राष्ट्रपति कार्यालयमा मंगलबार नै अध्यादेश पुगे पनि बुधबार बिहानसम्म जारी भएको छैन।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ वैशाख ८ मा उक्त अध्यादेश ल्याउदा विरोध भएपछि चार दिनपछि फिर्ता लिइएको थियो।

‘हिजो ओलीले ल्याउँदा गलत भन्ने त्यसको विरूद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनरहुँदैन,’ थापाले भनेका छन्, ‘समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

साथै उनले पहिले यस्तै अध्यादेश जारी गरेकाहरूलाई अहिले विरोध गर्ने हकसमेत नहुने बताएका छन्।

‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मन्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैनरविरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ,’ उनले भनेका छन्।