• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

हिजाब नलगाएको भन्दै इरानी राष्ट्रपतिले अन्तरवार्ता दिन गरे अस्वीकार



न्यूयोर्क । हिजाबलाई लिएर इरानमा लडाइँ जारी छ । इरानमा महिलाहरुले प्रदर्शन गरिरहेका छन् । यसैबीच इरानका राष्ट्रपति इब्राहिम रायसीसँग सम्बन्धित एउटा चकित पार्ने खबर आएको छ ।

वास्तवमा इरानका राष्ट्रपति अहिले संयुक्त राष्ट्र महासभामा सहभागी हुन अमेरिकामा छन् । यसै क्रममा उनीसँग वरिष्ठ पत्रकार क्रिस्टिन अमनपुरसँग अन्तरवार्ताको प्रस्ताव गरिएको थियो । तर त्यसअघि उनले अनौठो शर्त राखे । रायसीले अमनपुरले हिजाब लगाएपछि मात्र अन्तरवार्ता दिने शर्त राखे ।

अमनपुरले उनको मागलाई ठाडै अस्वीकार गरेपछि उनको अन्तरवार्ता रद्द भयो। एङ्कर अमनपुरले अहिले यस विषयमा एकपछि अर्को गर्दै धेरै ट्विट गरेकी छिन् ।

रायसीको तर्फबाट यो माग यस्तो समयमा आएको हो जब उनी इरानमा नभई विदेशमा छन् र जहाँ हिजाबसँग सम्बन्धित कुनै प्रतिबन्ध छैन । इरानमा हिजाबलाई लिएर प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षा बलहरूबीच झडप भएको छ, जसमा अहिलेसम्म ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

क्रिस्टिन अमनपुर सीएनएनकी एङ्कर हुन्। उनले अमेरिकी टिभी च्यानल पीबीएसमा पनि कार्यक्रम गरेकी छन् ।

“बुधबार अन्तरवार्ताको तयारी भइरहेको बेला एक सहकर्मीले मलाई कपाल छोप्न आग्रह गरे । मैले नम्रतापूर्वक अस्वीकार गरेँ, हामी न्यूयोर्कमा छौँ, जहाँ हिजाब लगाउनु कुनै नियम वा चलन होइन”, उनले ट्विट गर्दै भनेकी छन्, “इरानमा हिजाबको विरोध तीव्र भएको छ । महसा अमिनीको मृत्युपछि त्यहाँका महिलाहरु सडकमा हिजाब बालिरहेका छन् । म यसबारे इरानका राष्ट्रपतिसँग अन्तरवार्ता लिन चाहेकी थिएँ ।”

अमनपुरले थप लेखेकी छन्, “अमेरिकी भूमिमा रायसीको यो पहिलो अन्तरवार्ता थियो । हप्तौँको योजनापछि सेटअप गर्न आठ घण्टा लाग्यो। बत्ती, क्यामेरा र अनुवादक तयार भए पनि राष्ट्रपति रायसी थिएनन् । अन्तरवार्ताअघि मेरो एकजना सहकर्मी आएर भने कि मोहरमको महिना भएकोले राष्ट्रपतिले टाउको छोप्न भनिरहनुभएको छ ।”

उनले थप लेखेकी छन्, “मैले स्पष्टरूपमा अस्वीकार गरेँ र भने कि आजभन्दा पहिले कुनै पनि इरानी राष्ट्रपतिले यस्तो माग गरेका थिएनन्। मेरो सहकर्मीले हिजाब नलगाए अन्तरवार्ता नै नहुने बताएको थियो । अन्ततः अन्तरवार्ता नै भएन । एजेन्सी