२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको केन्द्रीय समिति बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुने



अ+ अ-

काठमाडौं । मंगलबारबाट सुरु भएको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । 

काठमाडौंको डिल्लीबजारमा सुरु भएको बैठकमा मंगलबार अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गरेका गर्दै पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिएको छ।

प्रदेश पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय भ्रात संगठनहरुको इन्चार्ज प्रतिनिधिहरुबाट विचार व्यक्त भएको छ। 

आजको बैठकमा चारवटा विषयमा छलफल गर्दै बैठक आज समापन हुने जसपाले जनाएको छ।