२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । 

अफगानिस्तानबाट लण्डन पु¥याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । “उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ”, उहाँले भन्नुभयो ।

मङ्गलबार दुई चरणमा गरी २०५ व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।