२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

फेसबुकले बन्द गरिदियो तालिबानको ह्वाट्सआप अकाउन्ट

फेसबुकले बन्द गरिदियो तालिबानको ह्वाट्सआप अकाउन्ट
अ अ+ अ-

काबुलः अफगानिस्तानको विद्रोही समूह तालिबानले चलाइरहेको ह्वाट्सआप अकाउन्टलाई फेसबुकले बन्द गरिदिएको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक स्वदेश फर्केलगत्तै तालिबान समूहले काबुल सहित अफगानिस्तानको सत्ता कब्जा गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार खतरनाक आतंकवादीको सूचीमा रहेका संगठनलाई ह्वाट्सआप जस्ता सामाजिक संजाललाई प्रयोग गर्न नदिने फेसबुकको नीति रहेको छ ।
खासगरी अमेरिकी कानुनमा खतरनाक आतंकवादी संगठनको सूचीमा रहेका संगठनलाई ह्वाट्सआप जस्ता मेसेन्जरहरु प्रयोग गर्नबाट बन्चित गरिएको छ ।

हाल तालिबान समूहले संगठनका गतिविधि संचालन गर्न तथा अफगानिस्तानभित्रका समस्याका बारेमा गुनासाहरु सुन्न ह्वाट्सआप प्रयोग गरिरहेको छ ।

विश्वभर नै निकै प्रभावकारी मानिएको मेसेन्जर एप्स ह्वाट्सआपलाई फेसबुकले संचालन गरिरहेको छ ।

फाइनान्सियल टाइम्सका अनुसार, काबुल र अन्यत्र भएका हिंसा एवं लुटपाटका बारेमा गुनासाहरु सुन्न तालिबानले हालैमात्र ह्वाट्सआप हटलाइन खोलेको छ । अब फेसबुकले उक्त हटलाइन चलाउन बन्द गर्नेछ । फेसबुकको भनाईमा यो कार्य अमेरिकी कानुनको बर्खिलाप छ ।

ह्वाट्सआपका प्रवक्ताले पनि आफूहरु अमेरिकी कानुन विरुद्ध जान नसक्ने बताएका छन् । उनले ह्वाट्सआपको प्रयोग बारेमा अमेरिकी सरकारबाट थप जानकारी माग गरिरहेको पनि जनाएका छन् ।

उनले भनेका छन्, “यसको अर्थ हामी तालिबानले व्यवस्थापन गरेका वा उनीहरुको पक्षबाट खोलिने खाताहरु (अकाउन्ट) हटाउँछौं र उनीहरुको प्रशंसा, समर्थन र प्रतिनिधित्वसँग सम्बन्धित सामग्री पनि हटाउँछौं ।”

फेसबुकले अफगानिस्तानको स्थानीय दारी र पश्तो भाषीका लागि उपयुक्त निर्देशिका बनाउन विज्ञहरुको समूहले काम गरिरहेको पनि जनाएको छ ।