काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई बधाई दिनुभएको छ ।
आज (बुधबार) बिहान गजमेरलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले बधाई तथा आगामी गायन यात्राको लागि शुभकामना दिनुभएको हो । किरणले राष्ट्रपति भण्डारीसँगको छोटो भेटले अझै गायन क्षेत्रमा काम गर्ने उत्साह मिलेको बताउनुभयो ।
उहाँ गतसाता गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’को विजेता बन्नुभएको थियो ।