२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा ‘भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई बधाई ज्ञापन



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई बधाई दिनुभएको छ ।

आज (बुधबार) बिहान गजमेरलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले बधाई तथा आगामी गायन यात्राको लागि शुभकामना दिनुभएको हो । किरणले राष्ट्रपति भण्डारीसँगको छोटो भेटले अझै गायन क्षेत्रमा काम गर्ने उत्साह मिलेको बताउनुभयो ।

उहाँ गतसाता गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’को विजेता बन्नुभएको थियो ।