२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति  बिद्यादेबी भण्डारीले  सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को बैठकले मंगलबार निर्णय गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको  थियो ।

सरकारले मंगलबार केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने व्यवस्था राखेर अध्यादेश सिफारिस गरेको थियो । अध्यादेश जारी भए हाल सम्म नेकपा एमालेका बरिष्ठ नेता रहनु भएका माधब कुमार नेपाल  र जनता समाजबादी पार्टी बाट कारबाहीमा पर्नुभएका महन्थ ठाकुर समुहले नयाँ दल दर्ताका लागि निर्बाचन आयोगमा निबेदन दिने तयारी गरिरहेका छन्  ।