२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश जारी भएलगत्तै अर्याल होटेलमा माधव समूह जुट्दै



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नयाँ दल दर्ता लागि तम्तयार रहेको नेपाल समूह बानेश्वरस्थित अर्याल होटेलमा निर्णायक बैठकका लागि जुटेका छन् ।

बैठकमा पार्टी विभाजनका लागि तयार भएका केन्द्रीय सदस्य र सांसदहरूको उपस्थित रहेको छ । राष्ट्रपतिबाट अध्यादेश जारी हुनेबित्तिकै माधव नेपाल बैठक स्थलमा आएका छन् । उनी आएसँगै छलफल सुरु भएको स्रोतले बताएको छ ।