२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाने



अ+ अ-

काठमाडौं । माधव नेपाल समूह नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न माग गर्दै संसद सचिवालय जाने भएका छन् ।

अर्याल होटलमा बसेको अनौपचारिक बैठकपछि नेपालसहित १४ जना आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दावीसहित सभामुखलाई भेट्न जान लागेका हुन् ।

निर्वाचन आयोगलाई पनि यसको जानकारी गराउने सो समूहको तयारी छ ।