२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको फोहोर उठेन

फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको फोहोर उठेन
अ अ+ अ-

काठमाडौं । फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । 
हाल काठमाडौं उपत्यकाका विभिन्न शहरहरुमा फोहोर थुप्रिएका छन् भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढीरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा विग्रिने हुँदा सहज रुपमा गाडी जान नसकेका कारण फाहोर व्यवस्थापन गर्न नसकेको बताउनुभयो । उहाँले वर्षात् रोकिएमा सहज रुपमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नुभयो – ‘वर्षात्को कारणले जहाँ सिसडोलमा फोहोर व्यवस्थापन गरिरहेका छौँ, त्यहाँ गाडी जानसक्ने स्थिति रहेन । हिजो पहिरो गएर बाटोको समस्या रह्यो, पहिरो पन्छाइसकेका छौँ । सहज रुपमा गाडी जान सकेका छैनन् । त्यसकारण जुन मात्रामा फोहोर संकलन गरेर त्यहाँ व्यवस्थापन गर्नुपर्ने हो त्यो भइरहेको छैन । हरेक वर्षात्मा यस्तै केही दिनमा समस्या देखिन्छन् । पानी पर्न रोकियो भने हामी सहज रुपमा गाडी पठाउन सक्छौँ । पानी रोकिएन भने अझैपनि केही दिनसम्म यस्तो समस्या नपर्ला भन्न सकिदैँन ।’

मेयर शाक्यले बञ्चरेडाँडाँको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकार सँग माग गर्नुभयो । त्यस्तै सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने बाटो पनि सडक विभागले छिट्टै बनाइदिए फोहोरको समस्या समाधान हुने उहाँको भनाई थियो ।