२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय भवन शिलान्यास



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय भवन शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. १२ को वडा कार्यालय भवनको शिलान्यास बुधवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्नुभएको हो ।

टेकुमा बस्न लागेको वडा कार्यालय भवनको लागत अनुमान ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ रहेको बताइएको छ । भवन २०७९ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भवनको शिलान्यास गर्दै मेयर शाक्यले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा सुविधा सम्पन्न आधुनिक भवन बनाउन आफुहरु तयार रहेको बताउनुभयो । बाहिरी स्वरुपमा मौलिकता कायम गर्ने र भित्र सबै आधुनिकता झल्किने गरी भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

६ तल्ले भवनमा कार्यालयका लागि आवश्यक कार्यकक्ष, ५० जना क्षमताको कार्यक्रम हल, भूमिगत तल्लामा पार्किङको व्यवस्था, ६ जना क्षमताको लिफ्टको व्यवस्थासमेत हुने वडा कार्यालयले जनाएको छ ।