२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल समूहको नयाँ पार्टीको चुनाव चिन्ह ‘खुला किताब’



अ+ अ-

काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेर फर्किएका छन् ।

सो समूहले निर्वाचन आयोगसँग चुनाव चिन्ह ‘खुला किताब’ माग गरेको छ । यस्तै पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने प्रस्ताव गरिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनका लागि ल्याएको अध्यादेशलाई प्रमाणीकरण गरेपछि एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो आयोग कार्यालयमा गएका थिए ।

आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै नेताहरु फर्किएका थिए । बुधबार आफूहरुको तयारी नपुगेको एक नेताले बताए ।