काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्री परिबर्तन हुने भएको छ । आज बसेको बाग्मती प्रदेश एमाले संसदीयदलको बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेललाई एमाले अध्यक्ष केपी ओलीले शाक्यलाई मुख्यमन्त्री प्रस्ताब गर्न निर्देशन दिनु भएको थियो । ओलीको निर्देशन पछि आज बसेको दलको बैठकमा पौडेलले शाक्यको नाम प्रस्ताब गर्नुभएको थियो ।
शाक्य पछिल्लो समय अध्यक्ष ओली संग निरन्तर सम्वादमा रहनु भएको थियो ।