२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य



अ+ अ-

काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्री परिबर्तन हुने भएको छ । आज बसेको बाग्मती प्रदेश एमाले  संसदीयदलको बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेललाई एमाले अध्यक्ष केपी ओलीले  शाक्यलाई मुख्यमन्त्री प्रस्ताब गर्न निर्देशन दिनु भएको थियो । ओलीको निर्देशन  पछि आज बसेको दलको बैठकमा पौडेलले  शाक्यको नाम प्रस्ताब गर्नुभएको थियो ।  

शाक्य पछिल्लो  समय  अध्यक्ष ओली संग निरन्तर सम्वादमा रहनु भएको थियो ।