२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ दल दर्ताका लागि जसपा ठाकुर पक्षीय नेताहरु निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौ । आधिकारिकता गुमाएको जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । 

आयोगमा अहिले महन्थ ठाकुर, राजेन्द्र महतो सहित थुप्रै नेताहरु पुगेर दल दर्ताको प्रक्रियाबारे परामर्श गरिरहेका छन् 

केही बेरमै उनीहरुले नयाँ दल दर्ता गर्ने बुझिएको छ ।

ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राख्ने भएको छ भने चुनाव चिन्ह साइकल हुने भएको छ । पार्टीमा १२ सांसदसहित २४ सदस्यीय केन्द्रीय समिति रहनेछ । कारागारमा रहेका रेशम चौधरी समेत सदस्य रहेका छन् ।