२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैद र लाखौँ जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । 

प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौँको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र रु ३० लाख जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र रु १० लाख जरिवाना हुने फैसला सुनाएको थियो । उनीहरुले आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी पीडितलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । 

त्यसपछि फरार रहेका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरी आजै फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरेको जनाइएको छ ।