• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर ★   आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक ★   दुई हजार सात सय रूपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार? ★   औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी ★   विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री ★   ‘लू’ सँग लड्न सरकार सँग छैन रणनीति ★   सार्वजनिक बिदाबारे गृहमन्त्री: तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ ★   चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो ★   वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति ★   श्रम सम्झौता पुनरावलोकन, लगानी वृद्धिदेखि विपिनको रिहाइ पहलसम्मका विषय पर्लान् त प्राथमिकतामा ?

अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै



काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।

सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका उनी आफ्नै खर्चमा ४ः४५ बजे उडानमार्फत धनगढीबाट काठमाडौं आउन लागेका हुन् ।

सरकारले अनशनरत डा. केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै प्रयास गरेको थियो । त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो ।

तर, १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं आउन मानेका थिएनन् ।

केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको थियो ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । उनको पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।