२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौं । नेकपा एमाले औपचारिक रूपमै विभाजित भएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि औपचारिक रुपमै एमाले विभाजन भएको हो । 

नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) गठन गर्न लागिएको छ । नयाँ दल दर्ताको निवेदन लिएर नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहनेछन् ।