२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ दल दर्ताका लागि नेपाल समूहद्वारा निर्वाचन आयोगमा निवेदन पेश



अ+ अ-

काठमाडौं । नेकपा एमाले औपचारिक रूपमै विभाजित भएको छ । 

वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि औपचारिक रुपमै एमाले विभाजन भएको हो । 

निवेदन पेश गर्दै सञ्चारकर्मीसँग कुरा गर्दै राजेन्द्र पाण्डेले भने, "दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि ५८ जना सदस्यहरुको बैठक बसी नयाँ दल दर्ता गर्ने निर्णय गर्यौँ । एमालेभित्र केपी शर्मा ओलीले संसदमाथि पटकपटक गरेको व्यवहारलाई आत्मालोचना नगर्ने, संविधान रक्षाको लागि र धेरैपटक पार्टी एकताको कुरा गर्दा पनि धेरै प्रयत्न गर्दा पनि सम्भव नभएपछि हामीले नयाँ पार्टी गठन गयौँ ।" 

यस्तै नेता पाण्डेले नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने बताए ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए ।