२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ दल दर्ताका लागि नेपाल समूहद्वारा निर्वाचन आयोगमा निवेदन पेश



अ+ अ-

काठमाडौं । नेकपा एमाले औपचारिक रूपमै विभाजित भएको छ । 

वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि औपचारिक रुपमै एमाले विभाजन भएको हो । 

निवेदन पेश गर्दै सञ्चारकर्मीसँग कुरा गर्दै राजेन्द्र पाण्डेले भने, "दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि ५८ जना सदस्यहरुको बैठक बसी नयाँ दल दर्ता गर्ने निर्णय गर्यौँ । एमालेभित्र केपी शर्मा ओलीले संसदमाथि पटकपटक गरेको व्यवहारलाई आत्मालोचना नगर्ने, संविधान रक्षाको लागि र धेरैपटक पार्टी एकताको कुरा गर्दा पनि धेरै प्रयत्न गर्दा पनि सम्भव नभएपछि हामीले नयाँ पार्टी गठन गयौँ ।" 

यस्तै नेता पाण्डेले नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने बताए ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए ।