२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले  पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङकी ममतामयी माता प्यारी गुरुङको निधनप्रति दुुःख व्यक्त गर्नुुभएको छ । उहाँको ९२ वर्षको उमेरमा मङ्गलबार निधन भएको हो ।

प्रधानमन्त्री देउवाले आज शोक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ निवासी गुरुङको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।