२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

को – को छन् महन्थ ठाकुरको २४ सदस्यीय कार्यकारिणी समितिमा ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भएर नयाँ दल जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियामा रहेको  महन्थ ठाकुर पक्षले ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरेको छ ।

ठाकुर अध्यक्ष रहेको समितिमा राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् भने अन्य सबै कार्यकारिणी सदस्य छन् । साविक जसपाका १६ जनासहित अरु नयाँ थप गरेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ । निर्वाचन आयोगको हेड काउन्टमा तटस्थ बसेका रेशमलाल चौधरी पनि सदस्य रहेका छन् । 

ठाकुरको पक्षमा जसपाका प्रतिनिधिसभाका ३२ मध्ये १२ सांसद उभिएका छन् ।

अब उनीहरुसँग राष्ट्रियसभासहित संघीय संसदमा १३ सांसद हुनेछन् ।