२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

स्थानीय तहका जनप्रतिनिधि जलवायु परिवर्तनका बारेमा बेखबर

स्थानीय तहका जनप्रतिनिधि जलवायु परिवर्तनका बारेमा बेखबर
अ अ+ अ-

काठमाडौँ । जनताको घर नजिकै पुगेका स्थानीय सरकारको नजरमा जलवायु परिवर्तनको विषय नीति निर्माण एवं काम गर्ने मुद्दा बन्न सकेको छैन । जलवायु परिवर्तनका विषयको कार्यक्रम लिएर स्थानीय तहमा पुग्दा यस्तो देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले आज यहाँ गरेको ‘जलवायुमा शासकीय सदाचार’ विषयमा सञ्चारकर्मीसँग छलफल गर्न आयोजित कार्यक्रममा जानकारी गराइएको हो । 

रामेछाप, सिन्धुपाल्चोक, चितवन र कास्की चार जिल्लाका १३ स्थानीय तहमा जलवायु परिवर्तनसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम लिएर जाँदा जनप्रतिनिधि नै यस विषयमा अनभिज्ञ रहेको पाइएको टिआइ नेपालका वरिष्ठ अधिकृत विनोद भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमका विषयमा जानकारी दिएपछि ती स्थानीय तहले यो विषयमा नीति निर्माण एवं कार्यान्वयनमा पहल गर्न थालेका छन् । कार्यक्रम लिएर जानुअघि जलवायु परिवर्तनका बारेमा स्थानीय तहले कुनै काम नगरेको टिआइ नेपालका कार्यक्रम संयोजक प्रकृति अधिकारीले सो अवसरमा बताउनुभयो । सङ्घीय र प्रदेश सरकारको पनि जलवायु परिवर्तको क्षेत्रमा ध्यान जान नसकेको अनुभव उहाँले सुनाउनुभयो । 

जलवायु परिवर्तनका क्षेत्रमा कति बजेट आयो भन्नेसम्म पारदर्शीरूपमा पाउन नसकिएको, उद्योग दर्ता गर्ने निकायमा वातावरणबारेमा जानकार विज्ञको दरबन्दी नहुने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले रु १२ अर्ब खर्च गरे पनि शिवालिक क्षेत्रमा केही काम नभई तराई क्षेत्रमा मात्र बजेट खर्च गरिएको जस्ता विषयमा सरोकार भएका निकायको ध्यान जान नसकेकामा सञ्चारकर्मीले जोड दिएका थिए ।