२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो हस्ताक्षरको दुरुपयोग भयो, नयाँ पार्टीमा मेरो समर्थन छैनः प्रदीप नेपाल



अ+ अ-

काठमाडौं । नेकपा  एमाले नेता प्रदीप नेपालले आफू माधव नेपालले गठन गरेको नेकपा एमाले समाजवादीमा नरहेको प्रस्ट पार्नुभएको छ । 

न्युजपोलारसँग कुराकानी गर्दै नेता नेपालले आफू माधव कुमार नेपालको पार्टीमा नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘माधवको पार्टीमा म छैन, मेरो हस्ताक्षर धेरै पुरानो हो, मैले कतै पनि हस्ताक्षर गरेको छैन ।,’ 

उहाँले आफू बलियो एमालेको पक्षमा रहेको भन्दै भ्रममा नपर्न पनि सवैलाई अपिल समेत गर्नुभयो । 

माधव नेपालले गरेको नयाँ पार्टी दर्तामा प्रदीप नेपालकोको नाम माधव कुमार नेपाल र झलनाथ खनालपछि तेस्रोमा राखिएको छ ।