२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

प्रधानमन्त्री निवास र संसद् भवनको वास्तुदोषले राजनीतिक अस्थिरता अन्त्य भएन

प्रधानमन्त्री निवास र संसद् भवनको वास्तुदोषले राजनीतिक अस्थिरता अन्त्य भएन
अ अ+ अ-

लामो समयदेखि नेपालमा राजनीतिक स्थिरता र विकाशले गति लिन सकेको छैन । जतिसुकै शक्तिशाली प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरेपनि परिणाम शून्य नै देखिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट सबैभन्दा धेरै नेपालको आर्थिक स्थिति कमजोर हुन पुगेको छ ।

‘देशको प्रगतिका लागि वास्तु मिलाउनु अपरिहार्य छ । वास्तु नमिल्दा भाग्य र कर्मबाट प्राप्त सफलता निस्कृय हुन पुग्दछ । हामीले सानो–सानो कुरा ख्याल नगर्दा त्यसको परिणाम सकारात्मक भन्दा पनि नकारात्मकतामा वृद्धि हुँदै जान्छ र त्यसले समग्र क्षेत्रमै प्रभाव पारिरहन्छ ।

वास्तुशास्त्रले जग्गाको बनावट तथा उच्चाईको आधारमा काम गर्ने गर्दछ । हाम्रो देश नेपालमा हिमाल, पहाड र तराई गरि तीन भागमा विभाजन भएको भूमि छ । त्यसैले वास्तुशास्त्रले उच्चाईको आधारमा काम गर्ने भएकाले काठमाडौ पहाडी भूबनोटमा बनेको जग्गा हो । वरिपरि पहाड र बिच्चमा खाल्टो अर्थात कचौरा आकारमा बनेको भूमि हो ।

यस्तो जग्गको लागि छुट्टै प्रकारको वास्तुशास्त्रको नियम लागुहुने गर्दछ । पछिल्लो समयमा वास्तु मिलाएर भवन बनाउने प्रचलन बढ्दै गएता पनि पुराना संरचना वास्तुसंम्बत नमिलेको उनको तर्क छ ।

प्रधानमन्त्री बस्ने बालुवाटारको भवन पनि मिलेको छैन । प्रधानमन्त्री निवासको छेउछाउको ऊर्जा एकदमै कमजोर छ। जतिपनि प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरे पनि निस्कने बेला अपजस, आलोचना तथा रोगी भएर निस्कने गरेको विगतका प्रधानमन्त्रीहरुको इतिहासबाट पनि अनुमान लगाउन सकिन्छ ।

कतिपय अवस्थामा स्थानान्तरण गरेपछि पनि राम्रो भएका धेरै उदाहरण छन् । विशेषगरी उत्तर या पूर्वी दिशातर्फ प्रधानमन्त्री निवास र सांसद भवन सारेमा नेपले गतिलो लिडर पाउने छ । अहिलेको सांसद भवन पनि गोलाकारमा बनेकाले पनि शुभ छैन । यस्तो भवनमा बसोबास गर्नेलाई अपमान, तिरस्कार आर्थिक नोक्सानि बाहेक केहि प्राप्त हुँदैन ।

वास्तुका हिसाबले गोलाकारमा बनेको भवनबाट शुभ भन्दा पनि अशुभ फल नै हुने शास्त्रमा उल्लेख गरिएको छ । स्थायी शान्ति र दिगो विकाशका लागि वस्तुसंवत् भूमिमा बसेर कारोबार गर्नु अपरिहार्य छ ।

२०७६ साल असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरको पुतली बगैंचामा निर्माण हुनलागेको संघीय संसद भवनको शिलान्यास गर्नु भएको थियो । उक्त भवनको शिलान्यास मुहुर्त मरेका आत्माहरुको तृप्तीकालागी भनेर छुट्टयाइएको सो¥हश्राद्धको समयमा गरिएको थियो । उक्त शिलान्यास अशुद्ध समयमा भयो भनेर विभिन्न धार्मिक गुरुहरुद्वारा विरोध समेत भएको थियोे ।

अशुभ समयमा गरिएको संघीय संसद भवनको शिलान्यासका कारण संसदका मुख्य व्यक्ति तत्कालीन सभामुख कृष्ण बहादुर महराले सभामुख पदबाट एक गम्भीर आरोपमा शिलान्यास भएको केही दिनभित्रै राजिनामा दिनु पर्यो । उक्त समयमा गरिएको शिलान्यासको पुनः क्षमा पुजा नगरेमा अझै पनि राजनीतिकर्मी हरुलाई अफ्ट्यारो पर्ने  छ ।

 आजैदेखि नेकपा एमाले पनि बिभाजन भएको छ शास्त्रीय नियम अनुसार मूल नक्षत्र परेको समयमा कुनै पनि नयाँ नामाकरण गरिए त्यसको विधिवत् शान्ति गर्नुपर्ने नियम रहेको छ । अहिले नामकरण गरिएको माधब कुमार नेपालको नयाँ पार्टीको पनि संकेत राम्रो देखिएको छैन किनकि बिभाजन हुने समयमा मूल नक्षत्र चलिरहेको छ ।