२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नसभएको हो ।

शाक्यको अहिले ९ बजेपछि शपथ ग्रहण लिदै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी रहेको छ । आजै विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो।

मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो।