• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौँ । नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस।डी योगी र रेश्मा पुनको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिलेको समयमा एउटा मध्यम चलचित्र आउन जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक रहेको भन्दै तरीय चलचित्रको धार र व्यापारिक चलचित्रको धारलाई जोडेर चलचित्र निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा उत्कृष्ट चलचित्र आउनुपर्ने जरुरी छ र केही चलचित्रहरु लाइनमा छन् । आशा गरौँ ती चलचित्रहरु पनि राम्रा चलचित्र बन्नेछन् । केही चलचित्रहरु आर्ट फिल्म्सको हिसावमा उत्कृष्ट चलचित्रहरु बनेका छन् र प्रदर्शन पनि भएका छन् । तर नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक छ कि जस्तो महशुस भइरहेको छ । बीचको भनेको स्तरीय चलचित्रको धार र व्यापारिक चलचित्रको धार छोड्नुहुँदैन । यी दुई चलचित्रको धारको आवश्यक परेको छ ।’

त्यस्तै निर्देशक प्रदीप भट्टराईले समाजको गम्भीर विषयवस्तुलाई उठाएर चलचित्र निर्माण गरिएको बताउनु भयो । उहाँले समाजमा वर्षौंदेखि जरो गाडेर बसेको मान्यताहरुलाई चलचित्रले भत्काउने प्रयास गरेको बताउनु भयो । गीतमा भने पिता र पुत्रको एकैपटक परेको प्रेमलाई देखाइएको र बाँकी कथा चलचित्रले भन्ने बताउनु भयो । त्यस्तै कलाकार राजाराम पौडेलले आफूले पनि वरिष्ठ कलाकारहरुसँग र नयाँ कलाकारसँग मिलेर काम गर्ने अवसर पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

भाईटीकाको भोलिपल्ट देशभर प्रदर्शन हुन लागेको चलचित्र महापुरुषको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, सिरु बिष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेश पौडेल, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, अर्जुन आचार्य, सुमन रिमाल, सुमन बास्तोला, माधव अधिकारी, प्रकाश भट्टराई, घनु जोशी, प्रेम पाण्डे, सम्यकसिंह बानियाँ, भिभियाना थपलिया, जगदीश अधिकारी, जेबी रुवाली, प्रज्ज्वोल लुईंटेल लगायतका कलाकारको अभिनय रहेको छ ।