२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको स्काइ ट्रक धनगढीमा, केसी काठमाडौं जान मानेनन्



अ+ अ-

धनगढी । नेपाली सेनाको स्काई ट्रक ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई लिन धनगढी आएको छ ।

डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएपछि उपचारका लागि काठमाडौं लैजान नेपाली सेना धनगढी स्थित सेती प्रादेशिक अस्पताल पुगेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका थिए । तर केसीले साफ ईन्कार गरेका छन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह समेत गरेका छन् ।

अस्पतालले केसीको स्वास्थ्यमा थप जटिलता हुनसक्ने चेतावनी दिएको छ । केसीको मांशपेसी सुक्दै गएको भन्दै अस्पतालले अल्सरका कारण रक्तस्राब भएको हुनसक्ने आशंका गरेको छ ।