२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको सुरक्षाका लागि सुरक्षाकर्मी थपिए



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजन भई प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सुरक्षा बढाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ पार्टी दर्ताको लागि निवेदन दिएसँगै अध्यक्ष नेपालको सुरक्षा बढाएको जनाएको हो । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्तबहादुर कुँवरले सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै अस्थायी रुपमा अध्यक्ष नेपाललाई महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी थपिएको हो ।