३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन



अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो हो ।

यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिसकेको आयोजनाले सोमबार छैटौँ युनिटबाटसमेत उत्पादन थालेको हो । यससँगै १० वर्षदेखि निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्नको चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ७६/७६ मेगावाटका छवटा युनिट जडान गरिएको छ ।

पहिलो युनिटको उत्पादन गत असार २१ गते सुरु गरेको तामाकोसीले सोमबारसम्म सबै युनिट सञ्चालन गरी उत्पादन थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारसम्म चारवटा युनिटबाट व्यावसायिक उत्पादन भएको छ ।

त्यसैगरी पाँचौँ युनिटले एक हप्ता र छैटौँ युनिटले १५ दिनपछि व्यावसायिक उत्पादन दिनेछ । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२०र१३२ केभीको सब–स्टेसनमा जोडिएको छ । उक्त विद्युत् ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ ।

यसअघि उत्पादित विद्युत् गोङ्गर, खिम्ती, ढल्केबर, चन्द्रनिगाहपुर, पथलैया, हेटौँडा हुँदै काठमाडौँ लानुपर्ने थियो । २२०/१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै तामाकोसीमा उत्पादित विद्युत् गोङ्गर, खिम्ती, लामोसाँघु र भक्तपुर हुँदै पनि काठमाडौँसम्म लान सकिनेछ ।

८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुक्खा मौसममासमेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । आयोजनाबाट पुसदेखि चैतसम्मको सुक्खायाममा २९२ गिगावाट घण्टा र बाँकी समय एक हजार ९८८ गिगावाट घण्टा गरी वार्षिक दुई हजार २८१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो । निर्माण अवधिको आयोजनाको संशोधित लागत हालसम्म ब्याजबाहेक ५२ अर्ब पुगेको र ब्याजसहित आयोजनाको कुल लागत करिब ८४ अर्ब पुग्ने अनुमान आयोजनाको रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।