३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा नागरिकता विधेयक रोक्न माग गर्दै रिट



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने रिट निवेदनमा उल्लेख छ ।

वरिष्ठ अधिवक्त डा सुरेन्द्र भण्डारीले गत बिहीबार निवेदन दर्ता गर्नुभएको थियो । सो निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको छ ।

रिट निवेदनमा वरिष्ठ अधिवक्त भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवाससहित प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाउनुभएको छ ।

उहाँले नागरिकता विधेयकले मुलुकको हित नगर्ने भएकाले नागरिकता विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी रिट निवेदन दिएको बताउनुभयो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्माको एकल इजलासमा परेको थियो । सो निवेदन ‘हेर्न’ नमिल्ने कारण मंगलबार सुनुवाइ हुन नसकेको हो । मंगलबार स्थगित भएपछि सो निवेदन फेरि बुधबारका लागि पेशी तोकिएको छ ।