५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत डा केसीमा कडा खालको अल्सरको लक्षण



अ+ अ-

धनगढी । स्वास्थ्यसेवा सुधारको माग राख्दै अनशन बस्नुभएका डा गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले केसीको स्वास्थ्यमा थप जटिलता हुनसक्ने चेतावनी दिएको छ । केसीको मांशपेसी सुक्दै गएको भन्दै अस्पतालले अल्सरका कारण रक्तस्राब भएको हुनसक्ने आशंका गरेको छ ।

अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताइएको छ । अस्पतालले डा केसीको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम, प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली र संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको बताएको छ ।

डा केसी धनगढीको कृष्णमन्दिरको धर्मशालामा भदौको अन्तिम साता आमरण अनशन बस्नुभएको थियो । तीन दिनपछि भदौ २९ मा उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले स्वास्थ्य बुलेटिन जारी गर्दै डा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको उल्लेख छ ।

अस्पतालले जारी गरेको विज्ञप्ति: