२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाकामा एक हजार सात सय नयाँ सवारीसाधन अलपत्र



अ+ अ-

वीरगञ्ज । भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् ।

यसरी वीरगञ्ज नाकामा अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये पाँच सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी एक हजार एक सय ४६ वटा बस, ट्रक, टिपर र मिनीट्रक रहेका छन् ।

यी सबै सवारीसाधनको मुख्य नेपाली बजारमा न्यूनतम रु २० लाखदेखि करोडसम्मका रहेका छन् । वीरगञ्जस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति एकीकृत जाँचचौकी (आइसिपी) का प्रमुख कमल ज्ञवालीका अनुसार गत फागुन महिनादेखि एकीकृत जाँच चौकी परिसरमा यी सवारीसाधन रोकिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले पछिल्लो पटक साना तथा ठूला सवारीसाधनमा कर्जा प्रवाहमा कमी ल्याएपछि नयाँ सवारीसाधन बिक्रीमा कमीसँगै नेपाल भित्रिने तयारी रहेका साना ठूला सवारीसाधन विभिन्न नाकामा अलपत्र अवस्थामा रहेका छन् ।

पछिल्लो समय नयाँ सवारीसाधन बिक्रीमा निकै कमी आएको नेपालमा सवारी साधनको बिक्रीवितरण गर्दै आएको निकाय सिप्रदी ट्रेडिङ प्राली वीरगञ्जस्थित कार्यालय प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो ।

नयाँ सवारीसाधनमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा सहजता नल्याएसम्म नेपाली बजारमा नयाँ सवारीसाधनको कारोबारमा नफस्टाउने निश्चित जस्तै छ ।