४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीबाट तीन खेलाडीको सन्यास



photo : anfa
अ+ अ-

काठमाडौँ । छैटौं संस्करणको महिला साफ च्याम्पियनशिपको समापनसँगै राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तरराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका छन् । सन्यास घोषणा गर्ने खेलाडीमा डिफेन्डर पुनम जर्घामगर छिन् भने मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई छन् ।

पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनशिपकाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमका लागि ३८ खेल खेलेकी छिन् ।

त्यसैगरी दीपा राइले पनि सन् २०१४ मा पाकिस्तानमै भएको साफ च्याम्पियनशिपबाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमबाट ३६ खेल खेलेकी छिन् ।

त्यस्तै इन्दिरा राईले भने सन् २०१८ बाट राष्ट्रिय टिममा प्रवेश गरेकी थिइन् । उनले चीनमा आयोजना भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल खेलेकी हुन् । उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बिदाइ गरे ।