८ कार्तिक २०८१, बिहीबार
,
Latest
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीबाट तीन खेलाडीको सन्यास



photo : anfa
अ+ अ-

काठमाडौँ । छैटौं संस्करणको महिला साफ च्याम्पियनशिपको समापनसँगै राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तरराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका छन् । सन्यास घोषणा गर्ने खेलाडीमा डिफेन्डर पुनम जर्घामगर छिन् भने मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई छन् ।

पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनशिपकाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमका लागि ३८ खेल खेलेकी छिन् ।

त्यसैगरी दीपा राइले पनि सन् २०१४ मा पाकिस्तानमै भएको साफ च्याम्पियनशिपबाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमबाट ३६ खेल खेलेकी छिन् ।

त्यस्तै इन्दिरा राईले भने सन् २०१८ बाट राष्ट्रिय टिममा प्रवेश गरेकी थिइन् । उनले चीनमा आयोजना भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल खेलेकी हुन् । उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बिदाइ गरे ।