६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

यस्तो रह्यो छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप

यस्तो रह्यो छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप
photo: anfa
अ+ अ-

काठमाडौँ । घरेलु मैदानमा नै आयोजना भएको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलअन्तरले पराजित भएपछि नेपाल उपविजेता बनेको हो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना भने चक्नाचुर भयो । करिब १६ हजार दर्शकको सहभागिता रहेको फाइनल खेलमा घरेलु दर्शकको साथ हुँदाहुँदै पनि दोस्रो स्थानमा रहन बाध्य बन्यो ।

साफ च्याम्पियनशिपको १२ वर्षे इतिहासमा भारतलाई पहिलो पटक पराजित गर्दै एतिहासिक सफलता हासिल गरेको नेपाल अन्ततः फाइनलमा बङ्गलादेशसँग पराजित भयो । बङ्गलादेशको जीतमा श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन भने सम्सुनाहारले एक गोल थपिन् ।

खेलको पहिलो हाफसम्म २–० को अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । मोसमत सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी साम्सुनाहारले बङ्गलादेशको लागि पहिलो गोल गर्दै खाता खोलिन् । उनी मैदान प्रवेश गरेको तीन मिनेटमा नै गोल गरेकी हुन् । उनले खेलको १३औँ मिनेट मोनिका चक्माको क्रस बललाई सदुपयोग गर्दै गोल गरिन् ।

खेलको ४१औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर बनायो । बङ्गलादेशकी खेलाडी श्रीमोतीले साम्सुनाहारले पेनाल्टी क्षेत्रअघि बल खोेसेपछि कप्तान सविना खातुनले कृष्णरानीलाई पास दिएकी थिइन् सोही पासलाई सदुपयोग गर्दै कृष्णरानीले गोल गरिन् ।

खेलको ७०औँ मिनेटमा नेपालकी खेलाडी अनिता बस्नेतले एक गोल फर्काइन् । उनले अमिशा कार्कीको पासमा गोल गर्दै खेललााई २–१ मा ल्याइन् ।

अनिताले गोल गरेको ६ मिनेट पनि बित्न नपाउँदै बङ्गलादेशकी कृष्णरानीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्गलादेशलाई ३–१ को जित दिलाइन् । मिडफिल्डमा नेपालले बल गुमाएपछि त्यसैको सदुपयोग गर्दै कृष्णरानीले गोल गरिन् ।

यसजितसँगै बङ्गलादेशलले महिला साफ च्याम्पियनशिपको ऐतिहासिक उपाधि हात पार्यो । साफ च्याम्पियनशिपको पाँचौँ संस्करणसम्मको उपाधि भारतले जित्दै आएको थियो । नेपालले सेपिफाइनल खेलमा भारतलाई पराजित गरेपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलपछि बङ्गलादेशका प्रशिक्षक गोल्मु रोबिनी चोटानले आफ्ना खेलाडी शारीरिक र मानसिक रुपमा स्ट्रोङ भएकाले जित हात पार्न सहज भएको बताउनुभयो । सेमिफाइनल खेलमा नेपालले भारतलाई तथा बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थिए

सविना खातुन सर्वोत्कृष्ट खेलाडी
प्रतियोगितामा बङ्गलादेशकी कप्तान सविना खातुन उत्कृष्ट खेलाडी घोषित भइन् । उनले उच्च गोलकर्ताको उपाधि पनि हासिल गरिन् । यस प्रतियोगितामा उनले आठ गोल गरेकी थिइन् ।

त्यसैगरी उत्कृष्ट गोलकिपरको उपाधि पनि बङ्गलादेशकी खेलाडीले नै जितिन् । बङ्गलादेशकी रुप्ना चक्मा उत्कृष्ट गोलकिपर चुनिन् । त्यस्तै बङ्गलादेशले फेयर प्ले ट्रफीसमेत हात पा¥यो ।

ट्रफी नजितेपछि प्रशिक्षकले पद छाड्ने
छ्रैटौँ संस्करणको महिला साफ च्याम्पियनशिपमा नेपाल दोस्रो बनेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले आफ्नो पद छाड्ने घोषणा गरे ।

साफ च्याम्पियनसिपको फाइनल भिडन्तमा नेपाल बङ्गलादेशसँग ३–१ गोलअन्तरले पराजित भएपछि उहाँले उपाधि उचाल्ने नेपालको इच्छा पूरा गर्न नसकेको भन्दै आफ्नो पद त्याग्ने घोषणा गर्नुभएको हो । सफल नहुने मान्छले पदमा रहिरहनु हुँदैन र अरुलाई मौका दिनुपर्छ प्रशिक्षक थापाले भने ।

थापाले यसै प्रतियोगिताबाट जिम्मेवारी पाएका थिए । यसअघि सन् २०१६ मा जिम्मेवारी पाउँदा नेपाल सेमिफाइनलमा बाहिरिको थियो । त्यतिबेलाको खेलमा भारत बाधक बनेको थियो ।

यसैगरी राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपालाई जीत दिलाउन नसकेको भन्दै आम दर्शकसँग माफी मागेकी छिन् । हामीले राम्रो खेल खेलेको हौँ तर जीत हात पार्न सकेनौँ, उनले भनिन् कप्तान सुब्बाले नेपाली टोलीलाई अनुभवको कमी रहेकाले पनि बङ्गलादेशसँग हार बेहोर्नुपरेको बताइन् ।

राष्ट्रिय टोलीका तीन सदस्यको सन्यास घोषणा
यसै प्रतियोगिता समापनसँगै राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तरराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका छन् । सन्यास घोषणा गर्ने खेलाडीमा डिफेन्डर पुनम जर्घामगर छिन् भने मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई छन् ।

पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनशिपकाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमका लागि ३८ खेल खेलेकी छिन् ।

त्यसैगरी दीपा राइले पनि सन् २०१४ मा पाकिस्तानमै भएको साफ च्याम्पियनशिपबाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमबाट ३६ खेल खेलेकी छिन् ।

त्यस्तै इन्दिरा राईले भने सन् २०१८ बाट राष्ट्रिय टिममा प्रवेश गरेकी थिइन् । उनले चीनमा आयोजना भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल खेलेकी हुन् । उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बिदाइ गरे ।

साफ च्याम्पियनशिपका विजेतालाई एन्फा अध्यक्ष नेम्बाङ र राखेपका सदस्य–सचिव घिसिङलगायतले पुरस्कार प्रदान गरेका थिए ।