• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

यस्तो रह्यो छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप



photo: anfa

काठमाडौँ । घरेलु मैदानमा नै आयोजना भएको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलअन्तरले पराजित भएपछि नेपाल उपविजेता बनेको हो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना भने चक्नाचुर भयो । करिब १६ हजार दर्शकको सहभागिता रहेको फाइनल खेलमा घरेलु दर्शकको साथ हुँदाहुँदै पनि दोस्रो स्थानमा रहन बाध्य बन्यो ।

साफ च्याम्पियनशिपको १२ वर्षे इतिहासमा भारतलाई पहिलो पटक पराजित गर्दै एतिहासिक सफलता हासिल गरेको नेपाल अन्ततः फाइनलमा बङ्गलादेशसँग पराजित भयो । बङ्गलादेशको जीतमा श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन भने सम्सुनाहारले एक गोल थपिन् ।

खेलको पहिलो हाफसम्म २–० को अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । मोसमत सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी साम्सुनाहारले बङ्गलादेशको लागि पहिलो गोल गर्दै खाता खोलिन् । उनी मैदान प्रवेश गरेको तीन मिनेटमा नै गोल गरेकी हुन् । उनले खेलको १३औँ मिनेट मोनिका चक्माको क्रस बललाई सदुपयोग गर्दै गोल गरिन् ।

खेलको ४१औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर बनायो । बङ्गलादेशकी खेलाडी श्रीमोतीले साम्सुनाहारले पेनाल्टी क्षेत्रअघि बल खोेसेपछि कप्तान सविना खातुनले कृष्णरानीलाई पास दिएकी थिइन् सोही पासलाई सदुपयोग गर्दै कृष्णरानीले गोल गरिन् ।

खेलको ७०औँ मिनेटमा नेपालकी खेलाडी अनिता बस्नेतले एक गोल फर्काइन् । उनले अमिशा कार्कीको पासमा गोल गर्दै खेललााई २–१ मा ल्याइन् ।

अनिताले गोल गरेको ६ मिनेट पनि बित्न नपाउँदै बङ्गलादेशकी कृष्णरानीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्गलादेशलाई ३–१ को जित दिलाइन् । मिडफिल्डमा नेपालले बल गुमाएपछि त्यसैको सदुपयोग गर्दै कृष्णरानीले गोल गरिन् ।

यसजितसँगै बङ्गलादेशलले महिला साफ च्याम्पियनशिपको ऐतिहासिक उपाधि हात पार्यो । साफ च्याम्पियनशिपको पाँचौँ संस्करणसम्मको उपाधि भारतले जित्दै आएको थियो । नेपालले सेपिफाइनल खेलमा भारतलाई पराजित गरेपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलपछि बङ्गलादेशका प्रशिक्षक गोल्मु रोबिनी चोटानले आफ्ना खेलाडी शारीरिक र मानसिक रुपमा स्ट्रोङ भएकाले जित हात पार्न सहज भएको बताउनुभयो । सेमिफाइनल खेलमा नेपालले भारतलाई तथा बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थिए

सविना खातुन सर्वोत्कृष्ट खेलाडी
प्रतियोगितामा बङ्गलादेशकी कप्तान सविना खातुन उत्कृष्ट खेलाडी घोषित भइन् । उनले उच्च गोलकर्ताको उपाधि पनि हासिल गरिन् । यस प्रतियोगितामा उनले आठ गोल गरेकी थिइन् ।

त्यसैगरी उत्कृष्ट गोलकिपरको उपाधि पनि बङ्गलादेशकी खेलाडीले नै जितिन् । बङ्गलादेशकी रुप्ना चक्मा उत्कृष्ट गोलकिपर चुनिन् । त्यस्तै बङ्गलादेशले फेयर प्ले ट्रफीसमेत हात पा¥यो ।

ट्रफी नजितेपछि प्रशिक्षकले पद छाड्ने
छ्रैटौँ संस्करणको महिला साफ च्याम्पियनशिपमा नेपाल दोस्रो बनेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले आफ्नो पद छाड्ने घोषणा गरे ।

साफ च्याम्पियनसिपको फाइनल भिडन्तमा नेपाल बङ्गलादेशसँग ३–१ गोलअन्तरले पराजित भएपछि उहाँले उपाधि उचाल्ने नेपालको इच्छा पूरा गर्न नसकेको भन्दै आफ्नो पद त्याग्ने घोषणा गर्नुभएको हो । सफल नहुने मान्छले पदमा रहिरहनु हुँदैन र अरुलाई मौका दिनुपर्छ प्रशिक्षक थापाले भने ।

थापाले यसै प्रतियोगिताबाट जिम्मेवारी पाएका थिए । यसअघि सन् २०१६ मा जिम्मेवारी पाउँदा नेपाल सेमिफाइनलमा बाहिरिको थियो । त्यतिबेलाको खेलमा भारत बाधक बनेको थियो ।

यसैगरी राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपालाई जीत दिलाउन नसकेको भन्दै आम दर्शकसँग माफी मागेकी छिन् । हामीले राम्रो खेल खेलेको हौँ तर जीत हात पार्न सकेनौँ, उनले भनिन् कप्तान सुब्बाले नेपाली टोलीलाई अनुभवको कमी रहेकाले पनि बङ्गलादेशसँग हार बेहोर्नुपरेको बताइन् ।

राष्ट्रिय टोलीका तीन सदस्यको सन्यास घोषणा
यसै प्रतियोगिता समापनसँगै राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तरराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका छन् । सन्यास घोषणा गर्ने खेलाडीमा डिफेन्डर पुनम जर्घामगर छिन् भने मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई छन् ।

पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनशिपकाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमका लागि ३८ खेल खेलेकी छिन् ।

त्यसैगरी दीपा राइले पनि सन् २०१४ मा पाकिस्तानमै भएको साफ च्याम्पियनशिपबाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमबाट ३६ खेल खेलेकी छिन् ।

त्यस्तै इन्दिरा राईले भने सन् २०१८ बाट राष्ट्रिय टिममा प्रवेश गरेकी थिइन् । उनले चीनमा आयोजना भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल खेलेकी हुन् । उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बिदाइ गरे ।

साफ च्याम्पियनशिपका विजेतालाई एन्फा अध्यक्ष नेम्बाङ र राखेपका सदस्य–सचिव घिसिङलगायतले पुरस्कार प्रदान गरेका थिए ।