• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

साफ च्याम्पियनसिप: नेपाल विरुद्ध बंगलादेशलाई २ गोलको अग्रता



काठमाडौं । दशरथ रंगशालामा भइरहेको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।

१४ औं मिनेटमा पहिलो गोल गरेको बंगलादेशले ४२ ‌औं मिनेटमा दोश्रो गोल गरेको हो ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदानमा उत्रिएका छन् ।