२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु भएको बताउनुभएको हो । उहाँले समाजमा रहेका विकृति र विसंगतिहरुलाई पनि अन्त्य गर्ने आफूहरुको चाहना रहेको बताउनु भयो । उहाँले पार्टीको ध्यान देशको शिक्षा, स्वास्थ्य र सीप विकासमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई त्याग, सर्मपण र समाज रुपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह पनि गर्नुभयो । जनताको मुहार उज्यालो बनाउने आफूहरुको लक्ष्य भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘यहाँका कार्यकर्ताहरु त्यागको भावनाले, समर्पणको भावनाले, देश, जनता र समाजलाई रुपान्तरण गर्ने सोचका साथ अघि बढ्न चाहन्छ । हामी गरिबी निवारण गर्न चाहन्छौँ । हामी चाहन्छौँ समाजमा रहेका जति छन् विकृति, विसंगति सबैलाई अन्त्य गर्न चाहन्छौँ ।’

‘गरिबी, अभाव र बेरोजगारीलाई समाप्त पार्न चाहन्छौँ । जनताको मुहारमा उज्यालो बनाउन चाहन्छौँ । त्यसको निम्ति हामी देशको साधन, स्रोतको अधिकतम सदुपयोग गर्न चाहन्छौँ । जिल्ला, प्रदेश, पालिका विशेष विशेषताको आधारमा के गर्दाखेरी धेरैभन्दा धेरै जनताको भलो हुन सक्दछ ? हाम्रा सबै बालबालिका कसरी पढाई, लेखाईमा अगाडी बढ्न सक्दछन् ? सबैको स्वास्थ्यको राम्रो कसरी सुनिश्चितता गर्न सकिन्छ, सीप विकासलाई प्राथमिकता दिन कसरी सकिन्छ ?यिनै कुराहरु हाम्रो ध्यानमा रहेका छन् । हाम्रो ध्यानमा जनता, समाज र देश मात्र छ । देशहीतको रक्षा, जनताको सेवामा समर्पित हुने र समाजको परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिमा होमिएको ।’

उहाँले नेपालको जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने बताउनु भयो । उहाँले कुनैपनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने बताउनु भयो ।