• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

प्रत्यक्षमा पाँच ठाउँबाट सिफारिस भएकी आरजु अन्तिममा समानुपातिक उम्मेदवार



काठमाडौं। नेपाली कांग्रेसले आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा प्रतिनिधिसभाको समानुपातिकतर्फ आरजुको नाम सिफारिस गरेको हो ।

आरजु कैलाली, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । अन्तिम समयमा आएर कांग्रेसले उनको नाम समानुपातिकमा समावेश गरेको छ ।

कांग्रेसले नेता विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, जीवन परियारलगायतलाई पनि समानुपातिकमा समाबेश गरेको छ ।